शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी बैठक समाप्त भएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा छलफल हुने एजेण्डाहरु तय गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले स्थायी कमिटीको बैठकमा संगठनात्मक सिद्धान्त र केन्द्रीय समितिको बैठकलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।

उपाध्यक्ष सापकोटाले केन्द्रीय समिति बैठकको सुरुमा श्रद्धाञ्जली सभा राखिएको र त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकको उद्घाटन गर्ने बताए । उद्घाटनसँगै अध्यक्ष प्रचण्डले अहिलेको समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्ने, प्रचण्डको ब्रिफिङ सकिएपछि सबै प्रदेशका अध्यक्षहरुले आ–आफ्नो प्रदेशको रिपोर्टिङ गर्ने र त्यसपछि अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गर्ने उपाध्यक्ष सापकोटाले बताए ।

उपाध्यक्ष सापकोटाका अनुसार स्थायी कमिटी बैठकमा संगठनात्मक सिद्धान्तको बारेमा पनि व्यापक छलफल भएको छ । विकसित परिवेश सुहाउँदै संगठनात्मक सिद्धान्तको विकास गरेर अगाडि बढ्नुपर्नेमा स्थायी कमिटीका सदस्यहरु एकमत देखिएका छन् ।

‘स्थायी समिति बैठकमा छलफल भएको विषय चाहीँ संगठनात्मक सिद्धान्तको बारेमा । आधारभूत रुपमा त हामीले मालेमावादी संगठन सिद्धान्तलाई नै आधार बनाउँछौं । तर, पहिला विकास गरिएको कुरामा आमूल परिवर्तन भएको छ ।

विज्ञान,प्रविधिलगायत अन्य क्षेत्रमा पनि विकास भइरहेको छ । युवाहरुलाई प्रशिक्षित गर्ने, संगठित गर्ने विषयदेखि लिएर विज्ञान र प्रविधि सबै कुरालाई विचार गर्दै नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्नुपर्छ भनेर स्थायी समितिका सबै कमरेडहरुले सुझाव दिनुभएको छ । त्यसका साथै, विचारको विकास गर्ने, परिमार्जन गर्ने, नयाँ राजनीतिक कार्यदिशासहित अहिलेको यथास्थितिलाई क्रमभंग गरेर नयाँ दिशातिर जाने भन्ने छ,’– उपाध्यक्ष सापकोटाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP