सोमबार , असार १५, २०८३

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको छ । प्रत्येक सदस्यलाई ३ मिनेट बोल्ने समय दिईनेछ ।

एमाले अध्यक्ष ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनमा गठबन्धन सरकार, सरकार सञ्चालन भएको ६ महिनाको उपलब्धी र आगामी दिनमा गर्नुपर्ने काम उल्लेख गरिएको प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले जानकारी दिए । नेता गौतमले ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनमा पार्टीको संगठनात्मक जीवनलाई बलियो बनाउन सञ्चालन गरिने ३ महिने अभियानबारे पनि उल्लेख रहेको बताए ।

‘प्रधानमन्त्री तथा पार्टीका अध्यक्षज्यूबाट आजको समसामयिक विकसित नेपाली राजनीतिको सन्दर्भमा, त्यसको बहुआयमिक पक्षमा, खासगरी अहिले विकसित राजनीतिक घटनाक्रम, सरकार गठन, सरकारले गरेका काम र गर्नुपर्ने कामहरु, पार्टीको संगठनात्मक अवस्था, पार्टीको केन्द्रीय संगठन विभागले गरेको राष्ट्रिय कार्यशालाबाट निकालेको निष्कर्षहरु र त्यसले सञ्चालन गर्ने तीन महिने संगठनसम्बन्धि अभियानजस्ता आन्तरिक विषयमा केन्द्रीत भएर पार्टी अध्यक्षको तर्फबाट बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुने छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP