आइतबार , बैसाख ७, २०८२

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली विशेषताको समाजवाद ल्याउन माओवादी घटकहरु मिल्नुको विकल्प नरहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कम्युनिष्ट क्रान्तिकारीहरुबीचको ध्रुबीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैज्ञानिक समाजवादतिर जाने उद्देश्य प्राप्तिका लागि आजको संकटग्रस्त व्यवस्था फाल्न जरुरी रहेको बताए । उनले विदेशीहरुसँग भिख मागेर बाँचेको व्यवस्था बदल्नुपर्ने बताए ।

माओवादीहरु एक हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘हामीले भनेका छौं, फेरिपनि माओवादी सहयात्रीहरु सबै तयार बनौं । हामी धेरै छौं, एक जना कमरेडले डायरीमा टिप्नुभएको रहेछ, माओवादीमात्रै १९ वटा भङ्गालामा छन् भन्ने कुरा उहाँले सुनाउँदै हुनुहुन्थ्यो । हामी एक हुनुपर्छ । नेपाललाई समाजवादतिर लैजाने सपना हामीले मर्न दिनुहुँदैन ।’

महासचिव विप्लवले कुनैपनि स्वार्थको अगाडि नेपाली जनताको सपना बेचिन नहुने बताए । उनले अहिले केही हदसम्म जनताको चाहना धर्ममराएको जस्तो देखिएको बताए । उनले जनताको चाहना धर्ममराउन आफूहरुले नदिने बताए । उनले जनताको लागि आफूहरु गोरुजस्तो भएर जोतिन तयार रहेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP