आइतबार , जेठ २६, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार व्यवसायीहरुको विरुद्धमा रहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले व्यवसायीहरुलाई सहुलियत दिएर अप्ठ्यारो अर्थतन्त्रलाई सहजीकरण गर्ने नचाहेको बताएका हुन् । उनले सहजीकरण भन्दा पनि सरकारले व्यवसायीलाई निचोर्ने र दुहुने नीति लिएको बताए ।

‘अहिले एउटा खतरा के भने देश आर्थिक रुपले अप्ठ्यारोमा छ । अप्ठ्यारोमा भएको बेलामा व्यवसायीहरुलाई सहुलियत दिएर अप्ठ्यारो अर्थतन्त्रलाई सहजीकरण गर्ने जिम्मेवारी राज्यको हुनुपर्नेमा अझ तिनलाई निचोर्ने, दुहुने र त्यहीबाट आर्थिक समस्या हल गर्ने जो प्रवृत्ति नेपालमा छ, समस्याको चुरो त्यही हो साथीहरु,’– उनले भने ।

अहिले विदेशबाट पैसा (रेमिट्यान्स) आउन छाडेको, लगानी पनि नभित्रिएको र बैंकमा पैसा थुप्रिएको अवस्था रहेको बताउँदै प्रचण्डले सरकारले व्यवसायका लागि उपयुक्त वातावरण बनाउनै नचाहेको बताए । राज्यले सोझा, सिधा, कमजोर र धेरै आम्दानी नहुने ब्यवसायीको हरुलाई करमाथि कर थुपारेर त्यहीबाट समस्याको हल खोजेको उनको टिप्पणी छ । आफू राज्यको यस्तो नीतिको विरुद्धमा रहेको पनि प्रचण्डले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP