शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आगामी यात्रामा कहिल्यै भेट नहुनेजस्तो गरी अभिव्यक्ति नदिन आग्रह गरेका छन् । आज (शुक्रबार) नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण समारोहमा सहभागी भएका नेता बर्तौलालले राजनीतिक नेतृत्वले जहिले पनि समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए ।

अहिले संसद्को गणितको यथार्थता सरकार बनिरहने र भत्किने रहेको भन्दै उनले यसलाई लोकतन्त्रमा स्वाभाविक मान्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री प्रचण्ड सहभागी सो कार्यक्रममा नेता बर्तौलाले पदहरु अस्थायी रहने, सहिष्णुता कायम गरेर जाने र देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्ने कुरा मुख्य रहेको बताए ।

‘आगामी यात्रामा कुनैपनि घुम्तीमा कहिल्यै पनि भेटै नहुनेजस्तो गरी अभिव्यक्ति आउने कुराले नेपालको राजनीति सफा हुन खोजिरहेको छैन । आज हामी सरकारमा छौं । नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाउँदै गर्दापनि हामी यो पक्षलाई ख्या गर्न चाहन्छौं । नेतृत्व तहबाट पनि त्यही प्रकारको सकारात्मक सन्देश जानेगरीको अभिव्यक्तिहरु र भोलिका अनेक घुम्तीहरुमा फेरिपनि भेट हुनसक्छ भन्ने स्मरण गर्दै अगाडि बढ्नुपर्ने छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP