सोमबार , असार १५, २०८३

नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले झापाबाटै देशदौडाहा सुरु गर्ने तयारी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेपछि पूर्वउपप्रधानमन्त्री रावल देशदौडाहामा निस्कने भएका हुन् । ‘झापाबाटै हाम्रो यात्रा सुरु हुन्छ, र ७७ जिल्ला नै पुग्छौं,’ उनीनिकट एक नेताले भने ।

ती नेताका अनुसार देशदौडाहा पार्टी निर्माणको गृहकार्यका निम्ति हुनेछ । ‘पर्सि (बुधबार)को पत्रकार सम्मेलनमा एमालेबाट भएको अन्यायपूर्ण व्यवहारहरूको उजागर हुनेछ, त्यो कुरा जनतासम्म लगिनेछ,’ उनले भने ।

माघ अन्तिम अथवा फागुनसम्म पुग्दा पार्टी घोषणा हुन सक्ने ती नेता बताउँछन् । ‘सकेसम्म धेरै ठाउँ पुगेर नयाँ पार्टी निर्माणको आवश्यकताबारे भन्ने हो, त्यसैले समय अलिक लाग्छ,’ उनले भने ।

तर, नयाँ पार्टी कम्युनिष्ट बनाउनेमा भने रावल प्रष्ट भइसकेका छन् । आफूलाई भेट्न आउनेहरूसँग पनि उनले आफूले बनाउन लागेको पार्टी कम्युनिष्ट नहुने बताए ।

‘कम्युनिष्ट पार्टीहरू धेरै भए । काम गर्नलाई कम्युनिष्ट नाम राखिरहनु आवश्यक पर्दैन भन्ने भीम रावलको कुरा थियो,’ सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा. तारा जोशीले भने ।

सोमबार डा. जोशी र नेपाली कांग्रेस डडेलधुराका पूर्वनेता कर्ण मल्लले भीम रावलसँग भेटेका थिए । भेटका क्रममा रावलले आफूले बनाउन लागेको पार्टीमा सामेल हुन आग्रह गरे ।

‘देश डुबाउने लागिसके, जोगाउनलाई देशभक्तहरू जुट्नुपर्छ । अब देशभक्तहरूको साझा पार्टी बनाउने हो भन्नुभयो,’ रावलसँग भेटेका जोशीले भने ।

स्रोतका अनुसार अहिले रावलले राजधानीमा उपलब्ध नेताहरूसँग भेटवार्ता बाक्लो बनाएका छन् । त्यसैक्रममा डडेलधुराका नेताहरू जोशी र मल्लसँग भेटवार्ता भएको हो ।

‘थुप्रै भेटवार्ता चलिरहेको छ । आज उहाँहरू आउनुभयो, र तस्वीर सार्वजनिक गर्नुभयो,’ ती स्रोत भन्छन्, ‘फोटो सार्वजनिक नगर्ने नेताहरूको संख्या धेरै छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP