आइतबार , बैसाख ७, २०८२

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटकहरुसँगको एकता प्रक्रियाबाट आफूहरु ब्याक नभएको बताएका छन् । आज (बिहीबार) माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकले एकता नगर्ने भनी निर्णय गरेको भन्ने कुरा भ्रममात्रै रहेको बताएका हुन् । महासचिव विप्लवले आफूहरुले मोर्चा र एकताको ढोका सधैं खुल्ला राखेको बताए ।

‘एकताका लागि हामी सकारात्मक छौं । हामी केन्द्रीय समितिको बैठक बस्यौं । ल अब नेकपा एकतामा नआउने भन्ने हल्ला पनि बाहिर छ । त्यो कुरा सत्य होईन । हामी सबै मिलेर एकता आवश्यक छ भन्ने निश्कर्षसहित हामी आएको हो । आजपनि एकताबाट पछि फर्किएको छैन । आवश्यक छ,’– उनले भने ।

नेकपाको केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकताको सम्भावना टरेको निष्कर्ष निकालेको थियो । सो बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकता विरोधी नेताको रुपमा चित्रणसमेत गरेको थियो । तर, आज विप्वलले नेकपा एकताको प्रक्रियाबाट पछाडि नहटेको बताए । महासचिव विप्लवले बरु माओवादीले एकताको लागि सकृयता नदेखाएको हो कि जस्तो भान सुरु भएको बताए । आफूहरुले एकताको बारेमा ९ महिनाअघि नै निर्णय गरेको भएपनि माओवादीले अहिलेसम्म पार्टीका फोरमहरुमा औपचारिक बहस सुरु नगरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा गरेको सहमति कार्यान्वयन नगर्ने संकेत गरेसँग झस्किएको विप्लवले फेरि एकतालाई जोड दिएका हुन् । यसअघिको सरकारले राजनीतिक नेता, कार्यकर्ताका अदालतमा विचाराधीन मुद्दासमेत फिर्ता लिन सक्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा संशोधन प्रस्ताव गरेको थियो । कानुनमन्त्री अजयकुमार चौरसियाले संशोधन प्रस्तावमा दफा ६४ फिर्ता लिने खोजेपछि विप्लव सरकारसँग हच्किएका छन् ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा ३ बुँदे सहमति गर्दै विप्लव शान्तिपूर्ण राजनीतिमा आएका थिए । विप्लवसँग तत्कालीन सरकारले गरेको सहमति अझैं कार्यान्वयनमा आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP