मंगलबार , बैसाख २९, २०८३

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटकहरुसँगको एकता प्रक्रियाबाट आफूहरु ब्याक नभएको बताएका छन् । आज (बिहीबार) माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकले एकता नगर्ने भनी निर्णय गरेको भन्ने कुरा भ्रममात्रै रहेको बताएका हुन् । महासचिव विप्लवले आफूहरुले मोर्चा र एकताको ढोका सधैं खुल्ला राखेको बताए ।

‘एकताका लागि हामी सकारात्मक छौं । हामी केन्द्रीय समितिको बैठक बस्यौं । ल अब नेकपा एकतामा नआउने भन्ने हल्ला पनि बाहिर छ । त्यो कुरा सत्य होईन । हामी सबै मिलेर एकता आवश्यक छ भन्ने निश्कर्षसहित हामी आएको हो । आजपनि एकताबाट पछि फर्किएको छैन । आवश्यक छ,’– उनले भने ।

नेकपाको केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकताको सम्भावना टरेको निष्कर्ष निकालेको थियो । सो बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकता विरोधी नेताको रुपमा चित्रणसमेत गरेको थियो । तर, आज विप्वलले नेकपा एकताको प्रक्रियाबाट पछाडि नहटेको बताए । महासचिव विप्लवले बरु माओवादीले एकताको लागि सकृयता नदेखाएको हो कि जस्तो भान सुरु भएको बताए । आफूहरुले एकताको बारेमा ९ महिनाअघि नै निर्णय गरेको भएपनि माओवादीले अहिलेसम्म पार्टीका फोरमहरुमा औपचारिक बहस सुरु नगरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा गरेको सहमति कार्यान्वयन नगर्ने संकेत गरेसँग झस्किएको विप्लवले फेरि एकतालाई जोड दिएका हुन् । यसअघिको सरकारले राजनीतिक नेता, कार्यकर्ताका अदालतमा विचाराधीन मुद्दासमेत फिर्ता लिन सक्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा संशोधन प्रस्ताव गरेको थियो । कानुनमन्त्री अजयकुमार चौरसियाले संशोधन प्रस्तावमा दफा ६४ फिर्ता लिने खोजेपछि विप्लव सरकारसँग हच्किएका छन् ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा ३ बुँदे सहमति गर्दै विप्लव शान्तिपूर्ण राजनीतिमा आएका थिए । विप्लवसँग तत्कालीन सरकारले गरेको सहमति अझैं कार्यान्वयनमा आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP