आइतबार , भाद्र १४, २०८३

सिडनी-अष्ट्रेलिया,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास सम्पर्क विभाग अन्तर्गत अष्ट्रेलियाको प्रथम केन्द्रीय अधिवेशन २०२४ डिसेम्बर २२, आइतबारका दिन भर्चुअल माध्यम (जुम) बाट सम्पन्न भएको छ। अधिवेशनमा रास्वपाका उपसभापति तथा प्रतिनिधिसभा सदस्य माननीय डिपी अर्याल, केन्द्रीय सदस्य तथा सांसदहरू डा. तोसिमा कार्की र शिशिर खनाल तथा प्रवास सम्पर्क विभागका सचिव पदमराज पन्थीको उपस्थितिमा ११ सदस्यीय केन्द्रीय समिति गठन गरिएको हो।

नव निर्वाचित समितिमा डा. कृष्णप्रसाद पौडेल संयोजक, निराजन थापा उपसंयोजक, गणेश पौडेल सचिव, र कमल तिमिल्सिना कोषाध्यक्ष रहेका छन्। अन्य सदस्यहरूमा अमुल रेग्मी, अनु पाण्डे, गोपी कुमार थापा, विश्वास भट्टराई, दत्त मल्ल, सुमित रत्न बज्राचार्य, र शम्भु पुरी चयन भएका छन्।

समितिले प्रवासी नेपालीहरूलाई संगठित गरी राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।

न्यु साउथ वेल्स राज्यका लागि दिबेन्द्र उप्रेतिको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति गठन भएको छ। त्यस्तै, दक्षिण अष्ट्रेलियामा सुमित बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ। निकट भविष्यमा अन्य राज्यहरूमा पनि समितिहरू गठन गर्ने योजना रहेको केन्द्रीय समितिले जनाएको छ।

नवगठित समितिका सचिव गणेश पौडेलले भने, “प्रवासी नेपालीहरूको क्षमता र योगदानलाई राष्ट्रिय समृद्धिका लागि सदुपयोग गर्न यो समिति सक्रिय रहनेछ। हाम्रो प्राथमिकता प्रवासी नेपालीहरूलाई संगठित गर्दै नेपालप्रति उनीहरूको योगदानलाई सशक्त बनाउनु हो।”

उनले नवगठित समितिलाई विश्वास र समर्थन प्रदान गर्ने सबैप्रति आभार प्रकट गर्दै समितिले अग्रगामी सोचसहित प्रवासी नेपालीहरूको आवाजलाई संस्थागत गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP