शनिबार , भाद्र १३, २०८३

नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने भएको छ । गत मंसिर २६ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक आज समापन गर्दै एकीकृत मसाजवादीले पार्टीमा आउने मनशाय राखेको शीर्ष नेताहरुलाई भित्र्याउने निर्णय गरेको हो ।

बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुलीले वामदेवलाई पार्टीमा भित्र्याउने बारेमा प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा आज छलफल भई निर्णय भएको छ । एकीकृत समाजवादीमा अहिले स्वर्गीय नेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) स्वीकार गर्ने विषयमा मतैक्यता छैन । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जबजको पक्षधर देखिएका छन् ।

सम्मानित नेता झलनाथ खनाल भनेर जबज स्वीकार गर्न नहुने र पार्टीले जबज नै स्वीकार गरेर अगाडि बढ्ने हो भने एकीकृत समाजवादीमा भन्दा एमालेमै जनता आकर्षित हुने बताउँदै आएका छन् । सम्मानित नेता खनालले त जबजलाई ‘दक्षप्रजापतिको घाँटीमा जोडिएको बोकाको उल्टो टाउको’ संज्ञा दिँदै आएका छन् ।

जबज स्वीकार गर्नुपर्ने पक्षमा वामदेवले एकीकृत समाजवादीलाई प्रस्ताव पठाएका थिए । सो प्रस्तावमाथि आज छलफल भएको थियो । वामदेवलाई पार्टीको वरिष्ठ नेता बनाउने गरी तयारी थालिएको बताइएको छ । ‘केही शीर्ष नेताहरु हाम्रो पार्टीमा आउनको निम्ति संवाद चलिरहेको छ । आजको हाम्रो बैठकले उहाँहरुसँग संवाद गर्ने तयारी गरेको छ,’– बैठकको निर्णय सार्वजनिक गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP