शनिबार , भाद्र १३, २०८३

नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ । विगत ६ दिनदेखि निरन्तर जारी रहेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले आज वामदेवलाई पार्टीमा भित्र्याउने बारेमा निर्णय गर्ने बताइएको छ ।

बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुलीले वामदेवलाई पार्टीमा भित्र्याउने बारेमा प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा आज छलफल हुने र निश्कर्ष निकालिने बताइएको छ ।

राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य गौतमलाई पार्टी प्रवेशका लागि मार्ग प्रशस्त गर्दा पनि उनी नेकपा (एमाले) जान हिचकिचाइरहेका छन् । गौतम एमालेका पूर्व उपाध्यक्षसमेत हुन् । माओवादी केन्द्र र नेकपा (एमाले) मिलेर बनेको नेकपा विभाजनपछि उनी कुनै दलतिर पनि नलागी अभियानको संयोजक भएर बसेका छन् ।

वामदेवलाई पार्टीमा भित्र्याउन एमालेले ७० वर्षे उमेर हद हटाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झस्किएका वामदेव उमेर हद हटाउँदा पनि पार्टी प्रवेशका लागि तयार भएनन् ।

एकीकृत समाजवादीमा अहिले स्वर्गीय नेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) स्वीकार गर्ने विषयमा मतैक्यता छैन । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जबजको पक्षधर देखिएका छन् । सम्मानित नेता झलनाथ खनाल भनेर जबज स्वीकार गर्न नहुने र पार्टीले जबज नै स्वीकार गरेर अगाडि बढ्ने हो भने एकीकृत समाजवादीमा भन्दा एमालेमै जनता आकर्षित हुने बताउँदै आएका छन् । सम्मानित नेता खनालले त जबजलाई ‘दक्षप्रजापतिको घाँटीमा जोडिएको बोकाको उल्टो टाउको’ संज्ञा दिँदै आएका छन् ।

जबज स्वीकार गर्नुपर्ने पक्षमा वामदेवले एकीकृत समाजवादीलाई प्रस्ताव पठाएका थिए । सो प्रस्तावमाथि आज छलफल भएर पास भएमा वामदेव केही दिनमा नै एकीकृत समाजवादीमा प्रवेश गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP