आइतबार , बैसाख ७, २०८२

नेकपा (एमाले) का बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो आइसकेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता आइसक्यो ?’ भन्ने प्रश्नमा उनले भने, ‘नआएको भए प्रधानमन्त्रीले म जान्छु भनेर बोल्नुहुन्छ । प्रधानमन्त्रीले सार्वजनिक रुपमा बोलेको कुरा तपाईँ हामीले चिया खाँदा गफ गरेको जस्तो हो र ? त्यसलाई त्यति हलुका रुपमा लिन हुँदैन । प्रधानमन्त्रीले म अब निकट भविष्यमै भारत भ्रमणमा जान्छु भनिसक्नु भएको छ । भारत भ्रमण निकट भविष्यमै हुन्छ । हाम्रो भारतसँगको सम्बन्ध अत्यन्तै सुमधुर छ ।’

साथै, प्रधानमन्त्री ओलीले देशको नेतृत्व लिएसँगै अर्थतन्त्र लयमा फर्र्किएको उनको दाबी छ । नेता भट्टराईले प्रधानमन्त्री ओलीकै नेतृत्वमा देशका साह्रा समस्या समाधान हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP