आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान सकेर कास्की प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवदेन बुझाएको छ । गत कार्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको हो ।

प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेको र सो प्रतिवेदन र प्रमाणका आधारमा कुन–कुन कसुरमा मुद्दा चलाउने भन्नेबारेमा अध्यायन र निर्क्यौल हुनै बाँकी रहेको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले बताएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्नता रहेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो । गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेको बेलामा सहकारीबाट पैसा लानमा भूमिका निर्वाह गरेको र सो पैसा अपचलनमा संलग्न भएको उनीमाथि आरोप छ । लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ पनि हिरासतमा नै छन् । उनीहरुलाई पनि प्रतिवादी बनाइ प्रहरीले प्रतिवेदन पेश गरेको हो । सो कसुरका मुख्य नाइके भनिएको गितेन्द्रबाबु राई भने फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP