सोमबार , असार १५, २०८३

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताएका छन् । रातो झिल्को पत्रिकाको १६ अङ्क ‘बहस संविधान संशोधनः अग्रगामी कि पश्चगामी ?’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसँगै प्रतिनिधि सभा र प्रदेश सभालाई पूर्ण समानुपाति गर्नुपर्ने धारणा राखेका हुन् ।

‘राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित रहने, प्रतिनिधिसभा र प्रदेशसभा नीति निर्माण गर्ने तथा मन्त्रिमण्डल समावेशी र विषयविज्ञका आधारबाट सभाबाहिरबाट ल्याउने गरी संविधान सशोधन गरिनुपर्छ,’– पूर्व प्रधानमन्त्री भट्टराईले भने ।

यस्तो प्रणालीले राजनीति स्थायित्व, विविधता र समावेशीका मुद्दा सम्बोधन गर्न सक्ने बताउँदै उनले संविधान संशोधन गर्ने विषयलाई पनि व्यापक बहस चलाउँदै खास–खास मुद्दामा जनमतसमेत गर्न सकिने बताए । उनले संविधान संशोधनको मुख्य विषय अन्तरवस्तु र प्रक्रिया भएकाले छलफल र बहसका आधारमा टुङग्याउन सकिने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP