शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा आफूले अघि वर्ष गरेको समझदारीलाई अघि बढाएको भन्दै ओलीले कुनै नयाँ समझदारी नगरेको दाबी गरेका छन् । उनले भने,‘ मैले गतसाल गरेका सबै स हमति र समझदारीलाई उहाँले फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ । उहाँ देखेर मलाई अलिअलि दया लाग्छ ।’ चितवनमा आज (मंगलबार) आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘चीनले अघि सारेको बीआरआई परियोजनालाई नेपालमा पहिलोपटक समझदारी गराएको म दोस्रो पटक प्रधानमन्त्री हुँदा हो । मैले पोहोर साल चीन भ्रमणमा जाँदा संयुक्त वक्तव्यमा नै बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्नुपर्छ र अन्तिम तयारी गर्ने कुरा गरिएको थिय, भारत र चीनसँग सन्तुलित सम्बन्ध दूरगामी थिए । मलाई अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ । मैले गतसाल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ । ती सबै गतसाल गरिएका सहमति समझदारी हुन् ।’

नेपालमा हालै प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कमा भएको सहमतिलाई लिएर कांग्रेस र एमालेबीच दूरी बढ्ने आँकलन भैरहेको बेलामा दाहालको यस्तो भनाई आएको हो । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा भएको बीआरआईसम्बन्धी फ्रेमवर्क सम्झौतामा ऋण लिने कुनै सहमति नभएको कुरा काठमाडौं ओर्लिएकै दिन दाबी गरेका थिए । तर, हिजो झापामा आयोजित एक कार्यक्रममा बीआरआई अनुदान र ऋण दुवै हुनसक्ने भनेर बोलिसकेपछि कांग्रेस नेतृत्वमा तरंग पैदा भएको छ ।
File photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP