सोमबार , असार १५, २०८३

नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

धरानका प्रमुख साम्पाङले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासङ्घका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धम्की दिएका थिए ।

“समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ । यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो”, महासङ्घका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रमुख साम्पाङको उक्त शैलीले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासङ्घको ठहर छ । महासङ्घले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP