आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा गरेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

बुधबार रास्वपाले चितवनको चौबिसकोठीमा प्रदर्शन गरेको थियो। तर त्यसैबीच प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

झडपको क्रममा आठ जना प्रहरी र रास्वपाका ४० जना प्रदर्शनकारीहरू घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार प्रहरीतर्फ आठ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

यता रास्वपाका ४० जना घाइते भएको रास्वपा सभापति रवि लामिछानेका सहयोगी प्रमोद न्यौपानेले बताए।

‘हाम्रोतर्फ कम्तिमा पनि ४० जना घाइते भएका छन्,’ उनले भने।

प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनसम्म पुगेपछि पानीको फोहोरा र अश्रुग्यास सेल प्रहार गर्नुपरेको एसपी मिश्रले बताए।

‘घाइतेहरू सरकारी अस्पतालमा छन्। जिल्ला प्रहरी कार्यालय गेटमै जबरजस्ती छिर्न खोजे। हामीले रोक्न खोजेपछि प्रहरीमाथि ढुंगामुढा भयो। प्रहरी नै घाइते भएपछि हामीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका हौं,’ उनले भने।

कति सेल प्रहार भएको भन्ने खुलिसकेको छैन। अहिले रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको छ। उनलाई चितवन पुर्‍याएपछि रास्वपाले प्रदर्शन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP