सोमबार , जेठ २७, २०८२

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला विराटनगरमा सुरु भएको छ । विराटनगरको जैंन भवनमा केहीबेरदेखि भेला सुरु भएको हो ।

पालिका सभापतिहरूको भेला भनिएको कार्यक्रममा संस्थापन पक्ष सहभागी भएको छैन । संस्थापन पक्षले आजको भेलालाई अवैध भनेको छ ।

सोमबार केन्द्रीय कार्यालयले कोशी प्रदेशमा २२ मंसिर बाहेक भेला सम्मेलन नभएको बताएको थियो । २२ गते विराटनगरमा प्रथम प्रदेश सम्मेलन हुँदैछ । नेपाली कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राईले कोशी प्रदेशमा २२ मंसिर बाहेक अन्य कार्यक्रम नभएको बताए ।

नेपाली कांग्रेस विराटनगर नगरसभापति तथा कोइराला पक्षका नेता दीपक चापागाईंले सभापतिको भेलामा प्रदेशभरका पालिका सभापतिहरू आएको दाबी गरे । पाँच वटा महानगरसभापति पनि कार्यक्रमका लागि आएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP