मंगलबार , बैसाख २९, २०८३

झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट मृत्यु भएका नारायण नगरकोटीका र सानुमाया नगरकोटीका दुई छोरीहरूसँग पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।

शनिबार बिहान खुमलटारमा छोरीहरू गरिमा र अनुलाई बोलाएर भेट गर्दै स्टेशनरी सामानहरू प्रदान गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गत २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले नगरकोटी दम्पती सवार गाडी दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका नगरकोटी दम्पतीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यसअघि १० मंसिरमा नगरकोटीको घरमै पुगेर प्रचण्डले अभिभावक बन्ने घोषणा गरेका थिए । नारायण कागेश्वरीका माओवादी नेता समेत हुन् ।

अध्यक्ष प्रचण्डको अभिभावकीय भूमिकालाई सहजीकरणका लागि शनिबार उद्धव नेपालले स्टेशनरी र सबै लजिष्टिकको जिम्मेवारी लिएको सचिवालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP