आइतबार , बैसाख ७, २०८२

अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार तत्कालै नढल्ने दाबी गरेका छन् । उनले सरकार कतिबेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै वर्तमान कांग्रेस र एमालेको समिकरण आगामी ०८४ को निर्वाचनसम्म कायम रहने दाबी गरेका हुन् ।

आज (शनिबार) गृहजिल्ला रुपन्देहीमा आयोजित रुपन्देही उद्योग संंघको ४७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

एमालेका उपाध्यक्षसमेत रहेका मन्त्री पौडेलले भने,”हिजो छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले यो सरकार पनि परिवर्तन हुन्छ भन्ने कतिलाई भ्रम छ, म तपाईंहरुलाई बडो आत्मविश्वासका साथ भन्छु-यो सरकार, यो समीकरण, काँग्रेस—एमालेबिचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहन्छ । कोही कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कसैले कुनै कोसिस नगरे हुन्छ, यो सरकार, यो समीकरणको सहयात्राको विकल्पमा कुनै कोसिस नगरे हुन्छ, त्यो व्यर्थको कोसिस हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP