मंगलबार , बैसाख २९, २०८३

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन प्रधानमन्त्री केपी शर्मालाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामूहिक छलफलमा नेपालले जुन देशले पहिले निम्ता दिन्छ त्यही देशको भ्रमण हुनुपर्ने बताए ।

‘यो देशको भ्रमण पहिले गर्ने, त्यो देशको भ्रमण दोस्रो गर्ने भन्ने यो टन्टाबाट मुक्त हुनुपर्‍यो । जसले पहिलो निम्तो दिन्छ त्यहीँ जाने’ छलफलमा राखेको विषयवस्तुबारे पूर्वप्रधानमन्त्री नेपालले भने ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । त्यही भ्रमणको तयारी अन्तर्गत प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामूहिक छलफल गरेका हुन् ।

नेपालका प्रधानमन्त्रीहरुले पहिले औपचारिक भ्रमण भारतबाट गर्ने गरेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नआएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । चीन भ्रमणका एजेण्डाबारे ओलीले आज सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग संयुक्त छलफल आयोजना गरेका थिए ।

छलफलमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले नेपाल शान्ति भूमि हो भन्ने कुरालाई ध्यानमा राखेर सबैसँग सुमधुर सम्बन्ध कायम राख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

‘कुनै पनि छिमेकी मुलुकहरुविरुद्धमा नेपाली भूमि प्रयोग गर्न दिइँदैन । यसअर्थमा हामी संसारका सबै देशहरुमा मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौं,’ नेपालले भने, ‘कसैसँग हाम्रो शत्रुता छँदा पनि छैन, हाम्रो त्यो चाहना पनि छैन । नेपाल शान्ति भूमि हो भन्ने कुरालाई ध्यानमा राखेर सबैसँग हामी सुमधुर सम्बन्ध राख्न चाहन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP