सोमबार , जेठ २७, २०८२

काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रसाईँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले साइबर क्राइम कसुरमा पक्राउ गरेको थियो । यसअघि अदालतबाट लिएको अनुमति आज सकिएसँगै प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले उनलाई पुनः ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईँलाई यसभन्दा अघि पनि अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनको यो दोस्रो पटक म्याद थप हो ।

साथै, अदालतले प्रसाईँको उपचारको प्रबन्ध मिलाउनसमेत आदेश दिएको छ । प्रसाईँ क्यान्स रोगका विरामी हुन् । प्रसाईविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ, संगठित अपराधलगायतका कसुरमा अनुसन्धान गरिरहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा २१ करोड अमेरिकी डलर लगानी गरेको दाबी गर्दै एक भिडियो सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP