आइतबार , बैसाख ७, २०८२

पूर्वी रुकुमको पुथा उत्तरगंगामा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी तालमेल गरेका छन् । आगमी मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्षमा एमाले–कांग्रेसले तालमेल गरेका हुन् । पुथा उत्तरगंगामा कांग्रेस र एमाले मिलेर माओवादीलाई हराउने रणनीतिअनुसार तालमेल गरिएको बताइको छ ।

पुथा उत्तरगंगामा एमालेकी उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सहयोग गर्ने भएको हो । तुलाचन एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्यसमेत हुन् । रोचक कुरा के छ भने तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट निर्वाचन लड्नुपर्ने सहमति भएको छ ।

त्यस्तै, सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष चयनका लागि एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई कांग्रेसले समर्थन गरेको छ । कांग्रेसले वडा नं. २ मा रोकालाई समर्थन गर्ने भएको छ ।

पुथा उत्तरगंगा माओवादीको गढ मानिन्छ । कांग्रेस–एमाले नमिली सो क्षेत्रमा माओवादीलाई हराउन नसकिने निश्कर्षसहित तालमेल भएको बताइएको छ । सवारी दुर्घटनामा परी उपाध्यक्ष उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । भूपेन्द्रा र जसबहादुर दुवै माओवादी केन्द्रबाट निर्वाचित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP