मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटले स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी नदिन भनी धम्की आएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । आज (आइतबार) कार्यवाहक महामन्त्री बुर्लाकोटीले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी नदिन भनी पार्टीकी सुजता थापालाई धम्की आएको उल्लेख गरेका छन् ।

उम्मेदवारका लागि तयार रहेकी थापा र उनका श्रीमान बल थापालाई मंसिर १ गते दिउँसो करिब १ बजे ४०÷४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लिएर गएको बुर्लाकोटीले उजुरीमा उल्लेख गरेका छन् । धम्की र मानसिक दवाबका कारण सुजता उम्मेदवार दिन नसक्ने अवस्थामा पुगेको उनले उल्लेख गरेका छन् ।

‘रास्वपाका उम्मेवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जेपनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ,’– कार्यवाहक महामन्त्री बुर्लाकोटीले उजुरीमा भनेका छन् ।

उम्मेदवारी नदिने धम्क्याउने र अपहरण गर्ने कार्यमा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको संलग्नता रहेको पनि उनले खुलाएका छन् । रास्वपाबाट उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका केही सदस्यहरुलाई दुर्व्यवहार, लछारपछार र कुटपिटसमेत भएको उनले बताएका छन् ।

मधेश प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरुलाई धम्कीदिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरु भएको र उम्मेदवारी दिन तयार व्यक्ति र उनीहरुको परिवारलाई धाकधम्की दिने, मानसिक यातना दिने, प्रलोभन देखाउने अलोकतान्त्रिक व्यवहार भइरहेको भन्दै बुर्लाकोटीले आयोगको ध्यानाकार्षण गराएका छन् ।

उनले घटनामा स्थानीय प्रशासन र सुरक्षा निकायका तर्फबाट सम्भव हुने आवश्यक अनुसन्धान र सहयोगसमेत समयमै प्राप्त हुन नसकेको बताएका छन् । घटनामा संलग्न दोषीहरुलाई कानुनबमोजिम कारबाही गर्न उनले आयोगसमक्ष माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP