आइतबार , भाद्र १४, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा उनले आफूहरु प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने दाबी गरे ।

‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरुले उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले भने, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादी विभाजनबाट बनेका धेरै पार्टीहरु फेरि एकतावद्ध हुने बताए । कतिपयसँग वार्ता भइरहेको र एकता गर्न हतार गरिरहेको तर कतिपयसँग कुराकानी चलिरहेको उनले बताए ।

‘०६४ पछि धेरैले प्रचण्ड भन्दा ठूलो नेता बन्ने रहर गर्नुभयो, अहिले हालत देख्नुभएको छ, तर अहिले फेरि सबै माओवादी धाराहरु प्रचण्डको नेतृत्वमा मात्र एकतावद्ध हुन सकिन्छ भनेर आउनुभएको छ’, उनले भने ।

तीबाहेक नागरिक समाजका थुपै्र व्यक्ति, कांग्रेस र एमालेमा आस्था राख्ने वुद्धिजीविहरुले पनि एक पटक प्रचण्डले आन्दोलनको अगुवाइ गरिदिनुपर्‍यो भनेर आफूलाई आग्रह गरेको उनले बताए ।

प्रचण्डले अब आफूहरुसँग आन्दोलनको विकल्प नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP