सोमबार , जेठ २७, २०८२

काठमाडौं । नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन्। बरालले तीन सय ८१ मत प्राप्त गर्दा भट्टराईले एक सय ९५ मत मात्र प्राप्त गरे।

उपाध्यक्षमा दुई सय ५० मतका साथ उदयबहादुर राई निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी उमेश गुरुङले एक सय ८४ र बुद्धिप्रसाद खनालले एक सय ३७ मत मात्र प्राप्त गरे।

सचिवमा रामप्रसाद सुवेदी (रवीन्द्र) निर्वाचित भए। उनले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरे।

सुवेदीले दुई सय ९२ मत पाउँदा अधिकारीले दुई सय ६८ मत प्राप्त गरे। उपसचिव खुलामा निकटतम प्रतिस्पर्धी छवि श्रेष्ठलाई २६ मतान्तरमा पराजित गर्दै रमेश राई निर्वाचित भएका छन्। राईले एक सय ७० मत प्राप्त गर्दा श्रेष्ठले एक सय ५३ मत प्राप्त गरे। अन्य प्रतिस्पर्धी यामबहादुर राईले एक सय ३४ र मानविर लुहागुनले ५६ मत मात्र प्राप्त गरे।

त्यस्तै उपसचिव महिलामा प्रतिस्पर्धी विष्णुमाया रिमाल (आचार्य) लाई ९२ मतान्तरमा पराजित गर्दै दिलकुमारी लिम्बू निर्वाचित भएका छन्। लिम्बूले तीन सय नौ मत पाउँदा रिमालले दुई सय १७ मत मात्र प्राप्त गरे।

बिहीबार सुरु अधिवेशनमा जिल्लाका ८१ वटा, २१ जनसङ्गठन र पेसागत सङ्गठन, तीन इलाका शाखा एउटा विशेष वडा कमिटीबाट चयन भएका पाँच सय ८७ प्रतिनिधि सहभागी थिए। मत भने पाँच सय ८१ मात्र खसेको थियो। सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व चयन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP