आइतबार , बैसाख ७, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा १७ जना उम्मेदवार छनोट गरेको छ । १६ मंसिरमा दुई ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । ओखलढुङ्गा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने रास्वपाले भाग नलिने भएको छ ।

रास्वपाले २५ स्थानका उम्मेदवार छनोट भने प्रक्रियामा रहेको जनाएको छ । रास्वपाले दैलेखस्थित महाबु पालिकाको अध्यक्षमा प्रकाशकुमार बुढा उम्मेदवार बनाउने भएको छ । जाजरकोटको नलगाँड नगरपालिकाको उपाध्यक्षको उम्मेदवार पार्वती पुनलाई चयन गरिएको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा रास्वपाले गोमा श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सुजाता फडेरा (थापा) लाई उम्मेदवार बनाइएको छ ।

काठमाडौ महानगरपालिका-१६ का लागि रोजिना श्रेष्ठ उम्मेदवार छनोट गरिएको छ । आकांक्षी उम्मेदवारसँग छलफल, पार्टीको स्थानीय नेतृत्वको सिफारिसका अनुसार उम्मेदवारहरु तय गरिएको स्थानीय तह उपनिर्वाचन संयोजना समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।

अन्य स्थानको उम्मेदवार छनोट प्रक्रियामा रहेको कार्यबाहक प्रवक्ता मनिष झाले बताए । ग्रामथान गाउँपालिकाको अध्यक्ष, डाक्नेश्वरी नगरपालिका र कीर्तिपुर नगरपालिकाको प्रमुख, स्वामीकार्तिक खापर र पुथा उत्तरगंगाको उपाध्यक्षको उम्मेदवार चयन हुन बाँकी रहेको रास्वपाले जानकारी गराएको छ ।

निर्वाचन आयोगले १६ मंसिरमा हुने उप निर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिको बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP