आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा १७ जना उम्मेदवार छनोट गरेको छ । १६ मंसिरमा दुई ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । ओखलढुङ्गा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने रास्वपाले भाग नलिने भएको छ ।

रास्वपाले २५ स्थानका उम्मेदवार छनोट भने प्रक्रियामा रहेको जनाएको छ । रास्वपाले दैलेखस्थित महाबु पालिकाको अध्यक्षमा प्रकाशकुमार बुढा उम्मेदवार बनाउने भएको छ । जाजरकोटको नलगाँड नगरपालिकाको उपाध्यक्षको उम्मेदवार पार्वती पुनलाई चयन गरिएको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा रास्वपाले गोमा श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सुजाता फडेरा (थापा) लाई उम्मेदवार बनाइएको छ ।

काठमाडौ महानगरपालिका-१६ का लागि रोजिना श्रेष्ठ उम्मेदवार छनोट गरिएको छ । आकांक्षी उम्मेदवारसँग छलफल, पार्टीको स्थानीय नेतृत्वको सिफारिसका अनुसार उम्मेदवारहरु तय गरिएको स्थानीय तह उपनिर्वाचन संयोजना समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।

अन्य स्थानको उम्मेदवार छनोट प्रक्रियामा रहेको कार्यबाहक प्रवक्ता मनिष झाले बताए । ग्रामथान गाउँपालिकाको अध्यक्ष, डाक्नेश्वरी नगरपालिका र कीर्तिपुर नगरपालिकाको प्रमुख, स्वामीकार्तिक खापर र पुथा उत्तरगंगाको उपाध्यक्षको उम्मेदवार चयन हुन बाँकी रहेको रास्वपाले जानकारी गराएको छ ।

निर्वाचन आयोगले १६ मंसिरमा हुने उप निर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिको बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP