शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसक नेता डा. शेखर कोइरालाले संविधान संशोधन गर्ने हो भने सत्तारुढ दलले दुई तिहाइको दम्भ देखाउन नहुने बताएका छन् । शनिबार उदयपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि विपक्षी दलहरुसँग पनि सहकार्य गर्न जरुरी रहेको बताएका हुन् । एक्लै दुई तिहाइको बहुमतमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको सन्दर्भ उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवालाई चेतावनी दिए ।

‘अहिलेको सय दिनमा संविधान सुधारका कुनै पनि कुराहरु अगाडि बढ्न सकेको छैन । संविधानमा संशोधन गर्ने, सुधार गर्ने हो भने विपक्षी दलहरुसँग पनि हामीले सहकार्य गर्न जरुरी छ । हामीहरुले दम्भ देखाएर, दुई तिहाइ बहुमत छ भनेर मात्रै संविधान सुधार हुन सक्दैन । संविधान सुधारको सन्दर्भमा सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अगाडि बढ्नुबाहेक हामीसँग अर्को विकल्प हुन सक्दैन,’– डा. कोइरालाले भने ।

साथै, सरकार बनाउने बेलामा कांग्रेस–एमालेबीच भएको ७ बुँदे सम्झौता स्मरण गराउँदै उनले अब ती सम्झौता कार्यान्वयनको लेखाजोखा सुरु गर्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरे । सम्झौतामा उल्लेख रहेको संविधान संशोधनको विषय अहिलेसम्म पनि अगाडि बढ्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भनेपनि व्यवहारमा त्यो नदेखिएको उनले टिप्पणी गरे । एमालेको पार्टी कार्यालय बनाउन व्यवसायी मिनबहादुर गुरुङले दान दिएको १० रोपनी १४ आना जग्गातिर लक्षित गर्दै उनले सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको बताए । उनले आफूलाई देश कतै असफल राष्ट्रतिर त जाँदैन ? भन्ने चिन्ता रहेको बताए । ‘चिन्ता लाग्छ कतै देश असफल राष्ट्रतिर त जाँदैन भनेर । हामीहरुले नै बनाएको हो यो सरकार । हामीहरुले बनाएको सरकारलाई, त्यो पनि दुईवटा ठूला दललाई कुनै किसिमको छुट अब हामीले दिन मिल्दैन । त्यो छुट नदिन गलत कुरालाई तिमीले गलत गरेका छौ भन्नुपर्यो,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP