आइतबार , बैसाख ७, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरण वा जनप्रतिनिधि नै मानव तस्करीमा संलग्न रहेको प्रकरण भएपनि गल्ती गर्नेले सजाय भोग्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमर्फत थापाले आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानूनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने उल्लेख गर्दै त्यही नै कानूनी शासनको मान्यता भएको सम्झाएका छन् ।

थापाले फेशबुकमा लेखेका छन्–कानूनविपरित कार्य गर्ने सबै जना कानूनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्छ । सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस, नयाँ होस की पूरानो होस, भिडको होस् की टाकुराको होस, एक्लो होस की शक्तिशाली होस्, कानून सबैको लागि बराबर हुनुपर्छ । गल्ती गर्नेले सजाय भोग्नुपर्छ । सबै कानूनी दायरामा आउनुपर्छ र सबैले आफ्नो मागको कानूनी दायित्व बोक्नुपर्छ ।

थापाले कुनैपनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न नपाउने टिप्पणी गरेका छन् । उनले भने,‘यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होईन, विधिको विषय हो । म यो मान्यतामा अटल विश्वास गर्छु । त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकारमा होस की प्रतिपक्षमा हुँदा होस, मेरो मान्यता र विश्वास बदलिँदैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP