मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सरकारविरुद्ध मौनधारण गर्ने भएको छ। रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले शुक्राबर साँझ सामाजिक संजालमा एक एक स्टाटस शेयर गर्दै शनिबार बिहान ११ बजे कीर्तिपुर नगरपालिका वडा नं २, मैत्रीनगरमा सरकारको नैतिकताको मृत्युमा मौन धारण कार्यक्रम राखिएको जनाएका छन्।

‘दुई तिहाइको दम्भकारी सरकार विरुद्धको हाम्रो आन्दोलन जारी छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘१०० करोडको जग्गा दान कि घुस? सरकारको नैतिकताको मृत्युमा मौन धारण।’

सहकारीको रकम अपचलन आरोपमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा निरन्तर सडक प्रदर्शनमा छ। सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै पोखरामा विरोध प्रदर्शन गरीरहेको रास्वपाले पोखरामा जनस्तरबाट सोचेजस्तो समर्थन नपाएपछि शुक्रबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन सुरु गरेको छ ।

लामिछानेलाई अनुसन्धान गर्न हिरासतमा राख्न अदालतले थप अनुमति दिएपछि पोखरामा रहेका रास्वपाका नेता तथा कार्यकर्ताहरू काठमाडौँ फर्किएका छन् । पोखरामा रहेका जनताहरू आफूले सहकारीमा जम्मा गरेको रकम हिनाहिना भएसँगै लामिछानेको विरुद्धमा आन्दोलनमा उत्रिएपछि रास्वपाको आन्दोलन कमजोर बनेको हो ।

अदालतबाट न्याय निरूपण हुने क्रममा रहेको विषयलाई सडकमा भीड जम्मा गरेर प्रभावित गर्ने उद्देश्यले आयोजित विरोध प्रदर्शनमा पोखरेलीको अपेक्षित साथ नमिलेपछि रास्वपा आन्दोलनको स्वरूप फेर्न बाध्य भएको जनाइएको छ। एकातिर पोखरेलीको अपेक्षित साथ नमिल्नु र अर्कोतर्फ सहकारी बचत पीडितहरू थप आक्रोशित हुनु र आफूहरूको काउन्टरमा विरोध प्रदर्शन सुरु भएपछि रास्वपा पोखराको आन्दोलनबाट ब्याक भएर काठमाडौं फर्किएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP