मंगलबार , बैसाख २९, २०८३

राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सहकारी क्षेत्रको कूल ८७ अर्ब अपचलन प्रकरणमा सबैभन्दा कान्छो राष्ट्रिय स्वतन्त्र पार्टी रहेको टिप्पणी गरेका छन् । रवि लामिछाने नेतृत्वको पार्टीमा संलग्न मानिसहरुले सहकारी १४ अर्ब घोटला गरेको बाँकी कांग्रेस, एमाले र माओवादीको भागमा रहेको बताए । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालद्वारा समसामयिक विषयमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले ९५ प्रतिशत सहकारी ठगीको हिंस्सा कांग्रेस र एमालेको भागमा रहेको बताए ।

‘करिब १४ अर्बको घोटला रवि लामिछानेसम्बद्ध पार्टी देखिन्छ । ८७ अर्बमध्ये बाँकी अरु तीन पार्टीहरुको भागमा पर्छ । ९५ प्रतिशत जति कांग्रेस र एमालेको भागमा पर्छ । माओवादी गरिब पार्टी भएकाले एक जनामात्रै रहेछन् ठग । त्यो भन्दा पनि गरिब भएकाले राप्रपाको पनि एक जना भए । यो रास्वपा भन्ने गरिबमध्येको पहिलो रहेछ, यसले १४ अर्ब घोटला गर्यो,’– उनले भने ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कृष्णबहादुर महरा, बालकृष्ण खान, टोपबहादुर रायमाझीलगायत जेल पर्दा कांग्रेस, एमाले, माओवादी कोही पनि सडकमा नआएको उनले बताए । रवि लामिछानेको पक्राउ पर्दा नेता तथा कार्यकर्ता सडकमा आउनुको कुनै औचित्य नरहेको उनले बताए । रास्वपा रवि लामिछानेको गोजीको पार्टी रहेको उनको टिप्पणी छ ।

राज्यले भन्दा पनि रवि लामिछानेले प्रतिशोध साँधेको उनको दाबी छ । पक्राउ पर्नेबेलामा फर्किएर आएपछि यिनीहरुलाई यही हातले जेल हाल्छु भन्नु प्रतिशोधबाहेक अरु केही हुन नसक्ने उनको भनाइ छ । लोकतन्त्रमा प्रचलित कानुनले जे भनेको हुन्छ, त्यो भोग्नका लागि सबै तयार हुनुपर्ने उनले बताए । केसीले सहकारीको हकमा अहिलेसम्म छिपछिपेमात्रै कुरा भइरहेको बताए ।

सहकारीमा जम्मा भएको रकमको पारदर्शिता नै नरहेको उनले बताए । सूर्य थापाले सहकारीमा आएको रकमको पारदर्शिता खोज्न खुट्टा कमाएको उनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP