मंगलबार , बैसाख २९, २०८३

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने यतिवेला कास्की प्रहरीको हिरासतमा छन् । पोखरा यतिवेला आन्दोलन र प्रदर्शनको इपिसेन्टर बनेको छ। रविका समर्थकहरुले पक्राउको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका छन् भने सहकारी पीडितहरुले न्याय माग्दै आन्दोलन जारी राख्ने भएका छन् । दुवै पक्ष आमनेसामने हुने भएपछि प्रहरी प्रशासनले भने आजैबाट पोखरामा निषेधाज्ञा लगाउने तयारी गरेको छ । रविलाई काठमाडौंमा पक्राउ गरिएर पोखरा लगिएको हो । पक्राउ पर्दा रवि पार्टी मुख्यालय वनस्थलीमा थिए ।

पक्राउ पुर्जी जारी भएलगत्तै रविले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका थिए । जसमा उनी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक सुनिए । तर, रविलाई पक्राउ गर्न दबाब दिने सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति नरम नै देखिए । प्रधानमन्त्री ओलीलाई रविलाई पक्राउ गर्नको लागि देउवाले हिजै शुक्रबारसम्मको अल्टिमेटम दिएका थिए । पक्राउ नगरिए सरकार नै ढालिदिने देउवाको चेतावनी थियो । त्यसपछि मात्रै प्रधानमन्त्री ओलीले बाध्यात्मक रुपमा लामिछानेलाई पक्राउको लागि कदम चालेको चर्चा छ ।

केपी ओली प्रधानमन्त्री बन्नुअघि एमालेसहितको प्रचण्ड नेतृत्वको सरकारमा रवि उपप्रधान एवम् गृहमन्त्री थिए । रविलाई गृहमन्त्री बनाउन उनै ओलीले जोड गरेका थिए । पहिलोपटक पनि ओलीकै कारण रविले गृह मन्त्रालयको नेतृत्व सम्हालेका थिए । प्रचण्डले सुरुमै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बनाउन चाहेका थिए । तर, ओलीले नै अडान लिएपछि रविले गृह मन्त्रालयको नेतृत्व लिएका थिए । ०७९ पुष १० गते प्रचण्डको नेतृत्वमा सरकार बन्दा र रविले त्यो सरकारमा सयर गर्दा ओलीसँग उनको राम्रै दोस्ती थियो । कहिले बालकोटको छतमा त कहिले ओलीको गोप्य कोठामा भलाकुसारी हुन्थ्यो । ती भेटवाताका तस्विर बालकोटका पेजमा अहिलेपनि भेटिन्छन् ।

कतिपयले त्यतिवेला नै चर्चा गर्दथे–रविलाई केपी ओलीको माया महँगो पर्छ । नभन्दै अहिले ओलीले कांग्रेससँगको सहकार्यमा सरकारको नेतृत्व गर्दा नै कांग्रेसकै दबाब झेल्न नसकेर रविलाई पक्राउ गरेको चर्चा छ । सहकारी छानबिन समितिसम्म बनाउन हुन्न भन्ने पक्षमा थिए ओली । कांग्रेसले लगातार संसद् अवरोध गर्दापनि ओलीले पेलेरै जाने नीति अख्तियार गरेका थिए । बरु, सरकारको नेतृत्व गरेका प्रचण्डले छानबिन समिति बनाउनुपर्छ भन्ने कांग्रेसको मागप्रति सकारात्मक जवाफ दिने गरेका थिए ।

स्वयम रविले पनि छानबिन समिति बनाईयो भनेका थिए । त्यही छानबिन समितिले नै रविलाई कारबाहीको सिफारिश गरेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेलगत्तै रविले प्रधानमन्त्री ओलीको नाम नै लिएर कडा आक्रोश पोखे । उनले प्रधानमन्त्री ओलीलाई विचौलियाको सेवकसमेत भनेका छन् ।

ओलीलाई उनले तस्करले दिएको करोड पर्ने घडी लगाएको र आफ्नो हातमा चाहीँ हत्कडी लगाईएको भन्दै आक्रोशसमेत पोखेका थिए । रविले आफ्नो अध्यक्षविरुद्ध कडा टिप्पणी गरेपछि एमाले पँक्तिपनि रविको विरुद्धमा खनिएको छ । अहिले रविका समर्थक र एमालेका समर्थक आमनेसामने भएका छन् ।

तर, सहकारी ठगी प्रकरणमा रविविरुद्ध जेहाद छेड्ने काम कांग्रेसका महामन्त्री गगन थापाले गरेका हुन् । र, कांग्रेस सभापति देउवा दम्पत्ति रविलाई पक्राउ गर्न आँतुर थिए । अहिले कांग्रेसले त्यसमा सफलता हात पारेको छ । तर, रवि भने रिस, आक्रोश र आवेग ओलीविरुद्ध पोखिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP