सोमबार , जेठ २७, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी राजमार्ग भोलि (शुक्रबार) विहान १० बजेबाट सञ्चालनमा आउने जानकारी गराएका छन् । सो अवरुद्ध राजमार्गको अवरोध खुलाउन यतिवेला भौतिक मन्त्रालयका सचिव ईं केशव शर्मा फिल्डमै खटिएका छन् ।

सचिव शर्मासँगको टेलिफोन कुराकानीमा यस्तो जानकारी प्राप्त भएको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले अवरुद्ध सडक खुलाउन फिल्डमै खटिएका प्राविधिकसहितका टिमलाई धन्यवाद भनेका छन् ।

फेशबुकमा वीपी राजमार्ग खुलाउन भैरहेको कामको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्-

बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका – ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP