आइतबार , असार १४, २०८३

गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोखेका छन् ।

उनले अदालतको फैसला र पशुपति क्षेत्र विकास कोषको निर्णयअनुसार धर्मशाला संरक्षणका लागि गएको महानगरको टोलीलाई प्रहरीले अवरोध गरेको र उल्टै मारवाडी सेवा समितिलाई संरक्षण गरेको भन्दै आक्रोश पोखेका हुन् । यसबाट देश कसले चलाइरहेको छ भन्ने थाहा हुने बालेनको जिकिर छ ।

यस्तो छ उनले सामाजिक सञ्जालमा पोखेको आक्रोश

नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ ,अनि कोषले महानगरलाई धर्मशाला तथा असक्तहरूलाई निशुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ । अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP