सोमबार , बैसाख ८, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरुले सहकारीको पैसा….लाई मासु पैँचो दिएझैं उफ्री–उफ्री खाएको टिप्पणी गरेका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सर्वसाधरण जनताको यसरी खाएको पैसा कसरी फिर्ता ल्याउन सकिन्छ भनेर सरकारले काम गरिरहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलक्षित गर्दै उनले भने, ‘सहकारी पीडितहरुको कुरा सुन्नुपर्छ । उहाँहरुको डुबेको रकम फिर्ता हुनुपर्छ । तर, कहिले कहिले यस्तो भइदिन्छ, केलाई मासु पैँचो भनिन्छ नि ? कसले त्यतिबेला पैसा लियो, उफ्री–उफ्री, चम्कीचम्की खायो । खाइसकेको त गइसक्यो । अब त्यसलाई फिर्ता कसरी ल्याउने सम्बन्धमा अध्यायन भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले सहकारी पीडितहरुको समस्या समाधान गर्ने सन्दर्भमा सरकार गम्भीर रहेको उनले बताए । यस समस्याको सही समाधान खोजिने उनले बताए । कानुनको पालना गरेर, कानुनको दायराभित्र रहेर काम गर्न सामाजिक सञ्जालमा बोलेझैं सजिलो नरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP