आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफूमाथि अन्याय गर्नसक्ने भन्दै रास्वपाजनलाई अलर्ट रहन आग्रह गरेका छन् । सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भनी सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छाविन विशेष समितिको प्रतिवेदनले प्रष्ट भनेको अवस्थामा सरकारले संगठित अपराधमा फसाउने कोशिस गरिरहेको उनले आशंका व्यक्त गरे । नेता लामिछानेले दशैं, तिहार, छठ केही पनि नभनी अन्याय भएको खण्डमा न्यायको पक्षमा उभिन आग्रह गरे ।

‘प्रहरीले, महान्यायाधिवक्ताले, प्रधानमन्त्रीले, पूर्व प्रधानमन्त्रीले, सबैले स्पष्ट र लेखेर भनिसकेपछि त्यहाँ चलखेल, संगठितमा राखियो भने भोलि राजनीति नै गर्न नपाउने बनाउन सकिन्छ कि भन्ने ढंगले छड्के आँखा, त्यो ढंगले गलत क्रियाकलाप, त्यस्तो किसिमको षड्यन्त्र गर्न खोजिएको खण्डमा म साथीहरुलाई अलर्ट रहन अपील गर्न चाहन्छु । देशैभरीका, अन्याय गरेछन् भने । हिजो पनि अन्यायका विरुद्धमा सघाउनु भएको हो । आज पनि अन्याय गर्यो सरकारले भने दशैं, तिहार, छठ जेसुकै हुन्छ, अन्यायका विरुद्धमा आउनुहोला,’– सामाजिक सञ्जालमार्फत लाइभ बसेका लामिछानेले भने ।

साथै, कानुनी प्रक्रियालाई सहयोग गर्न आफू तयार रहेको पनि उनले बताए । संसदीय छानविन विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको र गोर्खा मिडियामा गएको पैसा परिचालनबारे प्रचलित कानुन बमोजिम कारबाहीको सिफारिस गरेमा आफूले जिम्मेवारी लिने पनि उनले बताए । कसैको राजनीति जोगाउन आफूलाई सिध्याउने खेल भइरहेको पनि उनले बताए ।

‘कानुनी प्रक्रियामा मेरो पूर्ण साथ र समर्थन रहन्छ । कानुनलाई कहाँ सघाउनुपर्छ, मैले बयान दिनुपर्छ कि, म पोखरा जानुपर्छ कि ? कहाँ जानुपर्छ ? म तयार छु । म थुनिनुपर्छ कि ? म तयार छु । तर, सही मुद्दामा षड्यन्त्र गरेर होईन । झुक्काएर, छकाएर, छलेर होईन,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP