सोमबार , बैसाख ८, २०८२

प्रहरीले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पतालको अनुरोधलाई पनि बेवास्ता गरेर सिंहदरबारको प्रहरी वृत्तमा राखेको भन्दै प्रसाईंको परिवारले आपत्ति जनाएको छ । साईबर क्राईममा पक्राउ परेका प्रसाईं क्यान्सर सर्भाईभर हुन् । उनलाई पक्राउ पर्नेबित्तिकै वीर अस्पताल भर्ना गरिएको थियो ।

आज सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको थियो । बयानको लागि सरकारी वकिलको कार्यालय लैजाने बेलामा अस्पतालले बयान सकिएपछि पूनः अस्पतालमा ल्याउन भनेको थियो । तर, प्रहरीले उनलाई सिंहदरबारस्थित् प्रहरी वृत्तमा राखेको छ ।

प्रसाईंका कानून व्यवसायीहरुले पनि स्वास्थ्यमा समस्या हुँदापनि प्रहरीले लापरवाही गरेको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले स्वास्थ्यको कारण प्रसाईंको ज्यान नै तलमाथि पर्ने खतरा रहेको औंल्याएको छ । प्रसाईं काठमाडौंको महँगो निजी अस्पताल नभएर सरकारी अस्पताल वीरमा बसेका हुन् ।

प्रसाईंले प्रहरी वृत्तमै अनशन थालेका छन् । सरकारले अमानवीय व्यवहार गरेको भन्दै प्रसाईंले प्रहरी हिरासतभित्रै अनशन थालेको उनको परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP