आइतबार , असार १४, २०८३

प्रहरीले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पतालको अनुरोधलाई पनि बेवास्ता गरेर सिंहदरबारको प्रहरी वृत्तमा राखेको भन्दै प्रसाईंको परिवारले आपत्ति जनाएको छ । साईबर क्राईममा पक्राउ परेका प्रसाईं क्यान्सर सर्भाईभर हुन् । उनलाई पक्राउ पर्नेबित्तिकै वीर अस्पताल भर्ना गरिएको थियो ।

आज सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको थियो । बयानको लागि सरकारी वकिलको कार्यालय लैजाने बेलामा अस्पतालले बयान सकिएपछि पूनः अस्पतालमा ल्याउन भनेको थियो । तर, प्रहरीले उनलाई सिंहदरबारस्थित् प्रहरी वृत्तमा राखेको छ ।

प्रसाईंका कानून व्यवसायीहरुले पनि स्वास्थ्यमा समस्या हुँदापनि प्रहरीले लापरवाही गरेको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले स्वास्थ्यको कारण प्रसाईंको ज्यान नै तलमाथि पर्ने खतरा रहेको औंल्याएको छ । प्रसाईं काठमाडौंको महँगो निजी अस्पताल नभएर सरकारी अस्पताल वीरमा बसेका हुन् ।

प्रसाईंले प्रहरी वृत्तमै अनशन थालेका छन् । सरकारले अमानवीय व्यवहार गरेको भन्दै प्रसाईंले प्रहरी हिरासतभित्रै अनशन थालेको उनको परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP