राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेर चर्चामा आएका युवराज सफलले फेरि रविसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका छन् ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासहित सातजना विरुद्ध गृह मन्त्रालयमा उनले आज उजुरी दिएका हुन् । सफलले उपसभामुख रानासँगै सांसदहरू रवि लामिछाने, डीपी अर्याल, धनराज गुरुङ, शक्ति बस्नेत, योगेश भट्टराई र ऋषिकेश पोखरेलविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

उजुरी दिएकामध्ये लामिछाने रास्वपाका सभापति, अर्याय उपसभापति हुन भने धनराज ेनपाली कांग्रेसका उपसभापति हुन् । त्यस्तै बस्नेत माओवादी केन्द्रका उपमहासचिव हुन् । भट्टराई र पोखरेल एमालेका सांसद हुन् ।

उनले उजुरीमा उपसभामुख रानामाथि मानव तस्करी तथा बेचबिखनको आरोप लगाएका छन् । उनले रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, राहदानी दुरुपयोग तथा ठगीसम्बन्धी मुद्दामा छानबिन गरेर कारबाही गरिनुनर्पे उजुरीमा उल्लेख गरेका छन् ।

यस्तै कांग्रेस उपसभापति गुरुङमाथि उनले रातो पासपोर्ट बिक्री तथा सहकारी ठगी, एमाले सचिव भट्टराईविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको छानबिन गर्नुपर्ने सफलको उजुरीमा उल्लेख छ ।

उनले एमाले सांसद बस्नेत, रास्वपा उपसभापति अर्याल र सार्वजनिक लेखा समिति सभापति पोखरेलले सहकारी ठगी गरेको दाबी उजुरीमा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लुम्बिनी प्रदेशमै पहिलो पल्ट आईएसएमटी कलेजमा हुँदै छ साइबर सिक्युरिटी को निसुल्क प्रयोगात्मक तालिम

तीजमा झुमे नाचे डार्बिनबासी, मज्जाले नचाए कलाकार खुमन अधिकारीले।

अष्ट्रेलियाको सिड्नीमा “मुन्धुम मन्थन” कार्यक्रम सम्पन्‍न

आजको राशिफल : २०८१ श्रावण १६ गते बुधवार : शिवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : शनिकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP