आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गैरदलीय राष्ट्रपतिसहित प्रदेश संरचना खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । काठमाडौँमा जारी राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै सो प्रस्ताव गरेका हुन् ।

प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने व्यवस्था गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्।

‘प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने दिन सकिने उन्नत विकल्पबारे छलफल सुरू गरिनेछ। साथै विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँचवटा प्रदेश मन्त्रालय रहने व्यवस्था, बहुआयामिक पहिचान झल्कने सातवटा प्रदेश, स्थानीय पालिकाको संख्या भने पाँच सयभन्दा मुनि झारिने, बलियो संघीय सरकार विस्तारित स्थानीय पालिकाको बीचमा छरितो प्रादेशिक तहबारे बहस सुरू गर्ने प्रस्ताव राख्न चाहन्छु,’ उनले भने।

त्यसैगरी लामिछानेले राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरेका छन् । स्थानीय पालिकाहरुको संख्या पनि घटाएर ५०० मुनि ल्याउने रास्वपाको प्रस्ताव छ । ‘खर्चिलो, बोझिलो प्रदेश संरचना कुनै हालतमा स्वीकार छैन’ आगामी महाधिवेशनसम्म पार्टीको धारणा अझ प्रष्ट पार्ने भन्दै उनले भने ।

उनले अहिलेको निर्वाचन प्रणालीले कहीँ नपुगिने जिकिर पनि गरे । निर्वाचन प्रणाली पूर्णसमानुपातिक हुनुपर्ने पनि उनको भनाइ छ । विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक उमेदवार बनाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP