सोमबार , बैसाख ८, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले संविधानलाई कतिबेला च्यात्न सकिन्छ ? भनेर दाउ हेरिरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) झापाको विर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभन्दा पनि एमालेको नेतृत्व संविधान च्यात्न उद्दत रहेको बताए । प्रधानमन्त्री ओलीको दिमागमा संविधान च्यात्नेबाहेक अर्को कुनै कुरा नै नरहेको आफूले पाएको उनले सुनाए ।

‘अहिलेको सरकार यो संविधान कुनै पनि तरिकाले च्यातियोस्, यो संविधान खारेज गरियोस् भन्न चाहन्छ । खासगरी नेपाली कांग्रेसभन्दा पनि एमाले नेतृत्व, एमालेको प्रमुख नेतामा यो संविधान के गरी च्यात्ने होला भन्ने बाहेक उहाँको दिमागमा अरु भएको मैले बुझिनँ,’– उनले भने ।

आफूले निकै जोखिम मोलेर माओवादी, एमाले मिलाएर नेकपा बनाएको उनले स्मरण गरे । वामपन्थीहरुलाई एक ठाउँमा ल्याउन सकिँछ कि भनेर जोखिम मोले पनि गधालाई धोएर गाई बनाउन नसकेको बरु आफैं मुर्ख बनेको बताए ।

‘मैले उहाँसँग मिलेर वामपन्थीहरुलाई एक ठाउँमा ल्याउन सकिँछ कि भनेर धेरै जोडबल गरेँ, धेरै जोखिहरु उठाएँ, खतरा मोलेँ । तर, जति धोएपनि गाईँ बनाउन सकिएन । मुर्ख त मै भएँ, गधालाई धोएको छ, धोएको छ,’– उनले भने ।

साथै, वर्तमान सरकार धेरै समय नटिक्ने उनको दाबी छ । आफूहरु अहिले समीकरण परिवर्तन गर्ने खेलमा नरहेपनि वर्तमान सरकार धेरै दिन नटिक्ने उनले बताए । ‘यो सरकार धेरै जाने स्थिति कतैबाट पनि छैन । तर, हामी समीकरण बनाउनेतिर लाग्दैनौं । हामी जनतामै जान्छौं । हामी यो खेलमा अब छैनौं,’– प्रचण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP