आइतबार , भाद्र १४, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले संविधानलाई कतिबेला च्यात्न सकिन्छ ? भनेर दाउ हेरिरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) झापाको विर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभन्दा पनि एमालेको नेतृत्व संविधान च्यात्न उद्दत रहेको बताए । प्रधानमन्त्री ओलीको दिमागमा संविधान च्यात्नेबाहेक अर्को कुनै कुरा नै नरहेको आफूले पाएको उनले सुनाए ।

‘अहिलेको सरकार यो संविधान कुनै पनि तरिकाले च्यातियोस्, यो संविधान खारेज गरियोस् भन्न चाहन्छ । खासगरी नेपाली कांग्रेसभन्दा पनि एमाले नेतृत्व, एमालेको प्रमुख नेतामा यो संविधान के गरी च्यात्ने होला भन्ने बाहेक उहाँको दिमागमा अरु भएको मैले बुझिनँ,’– उनले भने ।

आफूले निकै जोखिम मोलेर माओवादी, एमाले मिलाएर नेकपा बनाएको उनले स्मरण गरे । वामपन्थीहरुलाई एक ठाउँमा ल्याउन सकिँछ कि भनेर जोखिम मोले पनि गधालाई धोएर गाई बनाउन नसकेको बरु आफैं मुर्ख बनेको बताए ।

‘मैले उहाँसँग मिलेर वामपन्थीहरुलाई एक ठाउँमा ल्याउन सकिँछ कि भनेर धेरै जोडबल गरेँ, धेरै जोखिहरु उठाएँ, खतरा मोलेँ । तर, जति धोएपनि गाईँ बनाउन सकिएन । मुर्ख त मै भएँ, गधालाई धोएको छ, धोएको छ,’– उनले भने ।

साथै, वर्तमान सरकार धेरै समय नटिक्ने उनको दाबी छ । आफूहरु अहिले समीकरण परिवर्तन गर्ने खेलमा नरहेपनि वर्तमान सरकार धेरै दिन नटिक्ने उनले बताए । ‘यो सरकार धेरै जाने स्थिति कतैबाट पनि छैन । तर, हामी समीकरण बनाउनेतिर लाग्दैनौं । हामी जनतामै जान्छौं । हामी यो खेलमा अब छैनौं,’– प्रचण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP