सोमबार , बैसाख ८, २०८२

उपसभामुख इन्दिरा रानाले आफूले कुनै गल्ती नगरेको भन्दै तत्काल राजीनामा नदिने स्पष्ट पारेकी छिन् । आज (शुक्रबार) साँझ बसेको संवैधानिक परिषद्को बैठकमा सहभागी भएकी उपसभामुख रानाले आफूलाई हटाउन लागिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसामू जिज्ञासा राख्ने क्रममा यस्तो स्पष्ट पारेकी हुन् ।

प्रधानमन्त्री ओलीले भने संवैधानिक परिषद्को बैठकमा विषयबाहिरको कुरा नराख्न भनेको बताईएको छ । तर, विपक्षी दलका नेता पुष्पकमल दाहालले पनि चासो राखेका थिए । राजीनामा मागिएको र नदिए महाभियोग लगाएर हटाउने भनेर सत्ता पक्षले हस्ताक्षर नै संकलन गरेको विषय बाहिरिएपछि उपसभामुखले त्यसबारेमा जिज्ञासा राख्नु स्वभाविक भएको प्रचण्डको भनाई थियो । जवाफमा प्रधानमन्त्री ओलीले बजारको हल्लाबारे कुरा नगरौं भनेको रानाले जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP