मंगलबार , जेठ २८, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय भेलाको तयारी पूरा भएको बताएको छ।

यही असोज १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय भेला हुँदैछ।

बिहीबार पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले राष्ट्रिय भेलामा करिब १५ सय जना प्रतिनिधि सहभागी रहने बताए।

उनकाअनुसार भेलामा गाउँपालिका, नगरपालिका तहका कमिटी, जिल्ला कमिटी, प्रदेशको कार्यसमित, विभाग, आयोगहरूबाट प्रतिनिधित्व रहनेछ।

केन्द्रीय समिति, विभाग र आयोग गरी कुल दुई हजार जना प्रतिनिधि रहनेमा असोज १ गते चाडपर्वसमेत परेकाले प्रतिनिधि संख्या १५ सय हाराहारी हुने अनुमान गरिएको उनले बताए।

उपत्यका बाहिरबाट आउने केही प्रतिनिधिहरूलाई पार्टीका नेता–कार्यकर्ताले व्यवस्थापन गर्ने गरी तयारी भइरहेको पनि उनले बताए।

राष्ट्रिय भेलाका लागि १५ वटा उपसमिति रहेको पनि उनको भनाइ छ। भेलामा राजनीतिक प्रतिवेदनका अतिरिक्त विधान संशोधन प्रस्ताव पनि पेस हुनेछ।

‘दुई वर्षको दौरान हामीले भोगेका, सिकेका र आगामी कार्यदिशासमेत समेटेर राजनीतिक प्रतिवेदन ल्याउँछौं। सभापति रवि लामिछानेबाट त्यो प्रस्तुत हुन्छ। सांगठनिक प्रतिवेदन प्रस्तुत हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधनमा काम गरिरहेको छ। कार्यदलले काम गरिरहेको छ। विधान संशोधन सुझाव कार्यदलले तयार पारेको विधान संशोधनसम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा पास भएर राष्ट्रिय भेलामा प्रस्तुत हुनेछ। यस्तै, पार्टीको संसदीय मूल्यमान्यता र लिडरसिप एकेडेमीसँग सम्बन्धित प्रतिवेदन पनि पार्टीलाई प्राप्त हुँदैछ। त्यो प्रतिवेदन केन्द्रीय समितिले पास गरेर भेलामा पेश हुनेछ,’ उनले भने।

यसका अतिरिक्त सातै प्रदेशले आफ्ना कामका विवरण समेटेर तयार पारेको प्रतिवेदन पनि भेलामा पेश गर्ने तयारी रहेको उनले बताए।

गत साउनमा भएको बन्द कार्यशालाले असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न सुझाव दिएको थियो। कार्यशालाको सुझावअनुसार नै अलिकति मिति वर सारेर भेला गर्न लागिएको बुर्लाकोटीले बताए।

रास्वपाले आगामी २०८२ वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP