आइतबार , भाद्र १४, २०८३

नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले आफूमाथि माओवादी सशस्त्र संघर्षको बेला हतियार तस्करीको आरोप लगाउनेहरुलाई समिति बनाएर छानविन गरी देखाउन चुनौति दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस विषयमा माओवादीले संसद्मा प्रस्ताव लगेर माओवादीकै नेतृत्वमा समिति बनाएर छानविन गर्दा हुने बताए । उनले छानविनको अवधिसम्म आफूले स्वत निलम्बनको घोषणा गर्ने पनि बताए ।

‘यस्ता बेतुकका कुरा गर्दै हिँड्नुको कुनै पनि अर्थ छैन । जसले भने ती मित्रलाई म के भन्न चाहन्छु भने, संसद्मा प्रस्ताव ल्याउनुस् । तपाईँकै संयोजकत्वमा एउटा समिति बनाऔं । एमाले बस्दैन, मेरो बारेमा तपाईँनै छानविन गर्नुस्, माओवादीले नै छानविन गरोस्, मैले हतियार तस्करी गरेँ की ? मैले के गरेँ की ? तपाईँ नै छानविन गर्नुस् । त्यो छानविन कति महिनामा टुङ्ग्याउनुहुन्छ ? त्यो अवधिमा म स्वत निलम्बनको घोषणा गर्छु । त्यो हिम्मत छ, त्यो इमान छ मसँग,’– उनले भने ।

नेता भट्टराईले संसद्मा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि माओावादीका नेताहरुले उनलाई जनयुद्ध कालमा हतियार तस्करी गरेको र चन्दा आतङ्क मच्चाएको आरोप लगाएका थिए । उक्त आरोपलाई नेता भट्टराईले चुनौति दिएका छन् । उनले आफू तस्करी गरेर र जमिनमुनि सुन र पैसा गाडेर राजनीतिमा नआएको बताए । आज माओवादीमा हिजो गाडेको सुनको लडाईँ रहेको पनि उनले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP