सोमबार , भाद्र १५, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीको फेशबुक पेज केपी शर्मा ओली अनफलोको बाढी आएको छ । काठमाडौंका मेयर बालेन्द्र शाहका समर्थकहरुले ओलीको भेरिफाईड पेज अनफलाको अभियान छेडेका हुन् । यो समाचार तयार पार्दासमेत ओलीको पेजमा लाईक गर्नेहरु हजारौंको संख्यामा घटेका छन् ।

अहिले ६ लाख १७ हजार फलोअर्स छन् । काठमाडौंका मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरमा काम गर्न राखेर बाल शोषण गरेको भन्दै कारबाही गर्न माग गरेका थिए । एमाले समर्थकहरुले रिपोर्ट गरेपछि बालेनको स्टाटस फेशबुकबाट गायब भएको छ ।

त्यही सन्दर्भमा बालेनले “फेशबुकमा पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ” भनेर लेखेका थिए । यही सिलसिलामा बालेनका समर्थकहरुले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको फेशबुक पेज अनफलो गरेका हुन् । यो क्रम तिव्र गतिमा चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP