मंगलबार , जेठ २८, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीको फेशबुक पेज केपी शर्मा ओली अनफलोको बाढी आएको छ । काठमाडौंका मेयर बालेन्द्र शाहका समर्थकहरुले ओलीको भेरिफाईड पेज अनफलाको अभियान छेडेका हुन् । यो समाचार तयार पार्दासमेत ओलीको पेजमा लाईक गर्नेहरु हजारौंको संख्यामा घटेका छन् ।

अहिले ६ लाख १७ हजार फलोअर्स छन् । काठमाडौंका मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरमा काम गर्न राखेर बाल शोषण गरेको भन्दै कारबाही गर्न माग गरेका थिए । एमाले समर्थकहरुले रिपोर्ट गरेपछि बालेनको स्टाटस फेशबुकबाट गायब भएको छ ।

त्यही सन्दर्भमा बालेनले “फेशबुकमा पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ” भनेर लेखेका थिए । यही सिलसिलामा बालेनका समर्थकहरुले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको फेशबुक पेज अनफलो गरेका हुन् । यो क्रम तिव्र गतिमा चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP