मंगलबार , जेठ २८, २०८२

सहकारी बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिका सभापति सूर्य थापाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने र छविलाल जोशीसँग करिब १२ घण्टा समय लगाएर बयान लिईएको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘उहाँहरुसँग सोधपुछको लागि हामीले १४ घण्टा समय बिताएका छौं ।’

बयानको क्रममा छविलाल जोशीले आफूले सहकारीबाट पैसा नलिएको बताएको उनले जनाए । उनले साधपुछको क्रममा गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोरके टिभी) मा जम्मा १२ करोड लगानी भएको कुरा कागजमा देखिएको पत्ता लागेको बताए । ग्यालेक्सी टिभीमा रवि लामिछानेको १५ प्रतिशत लगानी देखिएको कागजबाट पुष्टि भएको उनको भनाई छ ।

आफूहरुले रवि लामिछानेलाई ५१ वटा प्रश्नहरु सोधेको थापाको भनाई छ । बयानको क्रममा लामिछानेले सहकारीको एक पैसापनि आफ्नो पेटमा नपरेको कुरा दाबी गरेको थापाले जानकारी दिए । बयानको क्रममा लामिछानेले आफूहरुसमक्ष गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशकको हैसियतामा उत्तर दिएको थापाको भनाई छ ।

उनले भने,‘उहाँका उत्तरहरुको बारेमा म यहाँ कमेन्ट गर्दिनँ । तर, हिजो एउटा आश्चर्य भयो हिजो । यो झण्डैझण्डै १४ घण्टा सिंहदरबारमा बस्दा अनि त्यति धेरै ठूलो संख्यामा सञ्चारकर्मीहरु अहोरात्र सोधपुछको क्रममा त्यहाँ बस्दा मैले तै सञ्चारकर्मीहरुलाई तीन पटक बीच बीचमा ब्रिफिङ गरेको थिएँ । त्यतिञ्जेलसम्म कहीँकतै ऋषि धमलाजी देखिनुभएन । तपाईं हिजो नेपालमा अथवा काठमाडौंमा हुनुहुन्थेन ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP