सोमबार , भाद्र १५, २०८३

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । नीतिगत रुपमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हटेपछि सञ्चालनमा आउन भने केही समय लाग्ने बताइएको छ ।

‘२०८० कात्तिक २७ गते टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय आज भएको छ । त्यो कार्यान्वयनमा आउन चाहीँ हाम्रा केही शर्तहरु छन्, त्यो पूरा गर्नुपर्छ,’– मन्त्री गुरुङले भने ।

सरकारले सामाजिक सञ्जाल टिकटकका पदाधिकारीहरुसँग पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने,भाषाको फिल्टरिङ गर्नुपर्नेलगायतका शर्त राखेको मन्त्री गुरुङले बताए ।

नीतिगत रुपमा अहिले टिकटकको प्रतिबन्ध हटाइएपनि सरकारले राखेको माग पूरा गर्ने प्रतिवद्धतापछि मात्रै टिकटक सञ्चालनमा आउने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP