सोमबार , असार २, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरुलाई भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य नहुने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको विशेष समयमा उनले भ्रष्टाचारको मुद्दामा कुनै पनि हदम्याद राखिन नहुने बताएका हुन् । ‘भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुनेछैन, नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट,’– उनले भने ।

केही सचेत युवाहरुको भ्रष्टाचारको मुद्दामा हदम्याद राखिन नहुने भन्दै एउटा भिडियो बनाएको र सो भिडियोमा केही सांसदहरुलाई फोन गरेर दवाब दिन भनिएकोमा आफूलाई दुई हजारभन्दा बढी युवाहरुले फोन गरेको बताए । उनले यसरी भिडियो बनाएर भ्रष्टाचारको मुद्दामा हदम्याद राखिन हुँदैन भनेर दवाब दिने युवाहरुलाई ‘सचेत युवा’ को संज्ञा दिँदै उनले धन्यवाद व्यक्त गरे ।

‘देशका होनाहार युवाहरु, १८, १९, २० वर्षका युवाहरुले देशको चिन्ता गरेर हामीलाई फोन गरेका छन् । म सदन छिरेर अहिले भर्खरै चेक गरेको धेरै कल आएको छ । ती सबै युवाहरुको एउटै चिन्ता छ, भ्रष्टाचारको मामलामा कुनै हदम्याद हुन हुँदैन भन्ने छ,’– लामिछानेले भने ।

साथै, गलत मनसाय राखेर मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराउने क्रम रोकिनु पर्ने उनको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP