आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरुलाई भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य नहुने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको विशेष समयमा उनले भ्रष्टाचारको मुद्दामा कुनै पनि हदम्याद राखिन नहुने बताएका हुन् । ‘भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुनेछैन, नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट,’– उनले भने ।

केही सचेत युवाहरुको भ्रष्टाचारको मुद्दामा हदम्याद राखिन नहुने भन्दै एउटा भिडियो बनाएको र सो भिडियोमा केही सांसदहरुलाई फोन गरेर दवाब दिन भनिएकोमा आफूलाई दुई हजारभन्दा बढी युवाहरुले फोन गरेको बताए । उनले यसरी भिडियो बनाएर भ्रष्टाचारको मुद्दामा हदम्याद राखिन हुँदैन भनेर दवाब दिने युवाहरुलाई ‘सचेत युवा’ को संज्ञा दिँदै उनले धन्यवाद व्यक्त गरे ।

‘देशका होनाहार युवाहरु, १८, १९, २० वर्षका युवाहरुले देशको चिन्ता गरेर हामीलाई फोन गरेका छन् । म सदन छिरेर अहिले भर्खरै चेक गरेको धेरै कल आएको छ । ती सबै युवाहरुको एउटै चिन्ता छ, भ्रष्टाचारको मामलामा कुनै हदम्याद हुन हुँदैन भन्ने छ,’– लामिछानेले भने ।

साथै, गलत मनसाय राखेर मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराउने क्रम रोकिनु पर्ने उनको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP