सोमबार , भाद्र १५, २०८३

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । मन्त्री राणासँगको भेटबारे तस्विर साझा गर्दै चौथाईवालेले नेपाल र भारतबीच दुई देशको सम्बन्धलाई बलियो बनाउने नयाँ अवसरहरुको बारेमा कुराकानी गरेको जनाएका छन् ।

चौथाइवालेसँगको भेटबारे जानकारी दिँदै मन्त्री राणाले दुई देशबीचको सम्बन्धका विविध आयाम, नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको जनाईन् । उनले फेशबुकमा लेखकेी छिन्-“आज नयाँ दिल्लीमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख श्री डा. विजय चौथाइवालेसँग भेटघाट भयो । भेटमा नेपाल(भारत सम्बन्धका विविध आयाम, नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध लगायतका विषयमा छलफल भयो ।मैले भारत भ्रमणका क्रममा प्राप्त स्वागत तथा आतिथ्यका लागि भारत सरकार र भारतीय जनतालाई उहाँ मार्फत धन्यवाद पनि व्यक्त गरे।”

सो क्रममा चौथाईवालेले डा. राणालाई नयाँ जिम्मेवारी प्राप्त गरेको भन्दै बधाईसमेत ज्ञापन गरेका थिए । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेलामा डा. राणाले चौथाईवालेलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै राखी (रक्षा बन्धन) बाँधेकी थिईन् ।

मन्त्री राणाले भारत भ्रमणको क्रममा समकक्षी डा. एश जयशंकरदेखि प्रधानमन्त्री नरेन्द्र मोदीसम्म भेटवार्ता गरेकी छिन् । भारत बसाईको क्रममा उनलाई उच्च सम्मान दिईएको चर्चा भैरहेको छ । भारतले उनलाई नेपालको भावी प्रधानमन्त्रीको रुपमा समेत हेरेको भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP