आइतबार , असार १४, २०८३

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । अध्यक्ष दाहाललाई भेट्नको लागि जनार्दन आज (शनिबार) विहान खुमलटार पुगेका थिए । दुई नेताबीच पछिल्लो समय सम्बन्धमा चिसोपना आएको चर्चा छ ।

पार्टीको स्थायी कमिटी बैठकसम्म आईपुग्दा जनार्दनले अध्यक्ष प्रचण्डले तत्काल नेतृत्वबाट विदा लिनुपर्ने भन्दै विभिन्न आरोपसहितका माग लिखित रुपमा नै राखेका थिए । जनार्दनको प्रस्तावले माओवादी विभाजन हुने हो कि भन्ने चिन्ता आम कार्यकर्ताहरुमा परेको थियो । तर, स्थायी कमिटी बैठक सकिने बेलासम्म शर्मा र दाहालबीचको सम्बन्धमा केही सुधार देखिएको थियो । आज जनार्दन अध्यक्ष दाहाललाई भेट्न खुमलटारमा पुगेका थिए ।

दुई नेताबीच सम्बन्धमा एकदमै हार्दिकता छल्किएको थियो । अध्यक्ष दाहालले पनि जनार्दनले पार्टी फुटाउँदैछ भन्ने हल्ला गलत भएको भन्दै आफूहरु एकताबद्ध भएको सन्देश प्रवाह गरेका छन् । शर्माले पनि आफूले अध्यक्ष दाहाललाई कमजोर बनाउनको लागि नभएर बलियो बनाउनको लागि नै लिखित रुपमा प्रस्ताव पेश गरेको स्पष्टीकरण गर्ने भएका छन् ।

उनले छिट्टै सार्वजनिक रुपमा आफ्नो लिखित प्रस्ताव र अध्यक्ष दाहालसँगको सम्बन्धबारे प्रकाश पार्ने बुझिएको छ । प्रदेशस्तरमा हुने कार्यक्रममा अध्यक्ष दाहालले शर्मालाई पनि साथमै लिएर जाने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP