बिहिबार , चैत्र २७, २०८१

पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनाव सिर्जना भएको छ । सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए ।

आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई प्रतिवाद गर्न आह्वान गरेका छन् ।

फेसबुक लाइभमा आएका उनले विदेशीको इसारा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका छन् ।

आज कोटिहोमको समापन थियो । समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए । उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरे ।

काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको बताएका छन् ।

प्रहरीमाथि हातपात गर्ने दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP