मंगलबार , बैसाख २९, २०८३

राज्य सत्ताको गलत क्रियाकलापका विरुद्धमा युवा अभियन्ताहरुले बृहत आन्दोलनको घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै युवाहरुले राज्य सत्ताको गलत क्रियाकलापको विरुद्धमा भोलि (शनिबार) काठमाडौंमा बृहत आन्दोलन गर्ने बताएका हुन् । देशमा भएको बेथिति, अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्न लागिएको बताइएको छ ।

सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गरेर भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राख्न खोजेको र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई झुठा मुद्दा लगाएर उद्योगहरुलाई २२ अर्ब विद्युत वक्यौता छ्ुट दिन खोजिएको उनीहरुको आरोप छ । प्राधिकरणको २२ अर्ब वक्यौता उद्योगी व्यवसायीहरुले तिर्नुपर्ने र प्राधिकरण डुवाउने चलखेल बन्द हुनुपर्नेसहित उनीहरुले ९ बुँदे माग सार्वजनिक गरेका छन् ।

कार्यक्रमका वक्ता रवि किरणले देशमा बेथिति र भ्रष्टाचार बढिरहेकाले त्यसको लागि सशक्त आन्दोलन गर्न लागिएको बताए । सरकारले राज्यका निकायहरुलाई निकम्मा बनाउने र सुशासनको पक्षमा उभिएका मानिसहरुलाई प्रताडित गराउने काम गरेको उनको भनाइ छ ।

अर्का वक्ता विजय कँडेलले वर्तमान सरकारको काम कारबाहीप्रति कसैलाई पनि चित्त नबुझेको बताए । उनले देशमा चरम भ्रष्टाचार रहेको र भ्रष्टाचारको अन्त्य आफूहरुको मूल एजेण्डा रहेको बताए ।

‘यो सरकारप्रति कसैलाई पनि हाम्रो चित्त बुझेको छैन । त्यसैकारणले हामी मैदानमा उत्रिएका छौं । देशमा चरम भ्रष्टाचार भयो । हाम्रो मुख्यत भ्रष्टाचारविरुद्धको आन्दोलन हो,’– उनले भने ।

त्यसैगरी, समाजसेवी विमल पन्तले देशमा सरकार भएको आभास नै नभएको बताए । सरकारले लघुवित्त, मिटरब्याज र सहकारी पीडितहरुलाई न्याय दिनै नचाहेको उनको भनाइ छ । उनले युवाले देशमा काम गरेर खाने वातावरण निर्माण गर्न वारपारको आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।

अर्का वक्ता अजय श्रेष्ठले नेपालमा राम्रो काम गर्ने मान्छेलाई पटक–पटक पछार्ने काम भएको बताए । केही मानिसहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई गलत मुद्दा लगाएर निकाल्न खोजेको भन्दै त्यसको विरुद्धमा आम युवाहरु सशक्त रुपमा सडकमा उत्रिने बताए । ‘राम्रो काम गर्ने मान्छेलाई पटक–पटक पछारिएको छ । सत्ताधारीहरुले यो देश चलाएर यथास्थितिमा राख्ने चाल देखिएको छ । एकजुट भएर यो आन्दोलनलाई अगाडि बढाउनुको विकल्प छैन ।’ उनले भने, ‘कुलमान घिमिङविरुद्ध केही मान्छेले भ्रष्टाचार गरेको भनी आरोप लगाएर राज्यले निकाल्न खोजिरहेको छ । हामीजस्ता मान्छेहरुले आन्दोलन गरेर त्यस्ता मान्छेहरुलाई बचाउन आवश्यक छ ।’

त्यसैगरी, अभियन्ता डा. निकोलश भुसालले सत्तामा रहेकाहरुले विदेशीको नुन खाएर यो देशको सुन र युवाहरुको खुन बेचिरहेको टिप्पणी गरे । उनले अब युवाहरुले आन्दोलन गरेर देश बचाउने र बनाउने उद्घोष गरे ।

कार्यक्रममा मुकेशबाबु देवकोटा, समिरा पोखरेल, विजय खड्गी, नगेन्द्र देउजा, दिनेश खनाल, देशभक्त युवा नेपालका संस्थापक अध्यक्ष अर्जुन पौडेल, शिव यादव, सोम शर्मालगायतले भ्रष्टाचारको विरुद्धमा आफना अभिव्यक्तिहरु दिएका थिए ।

@Repotersnepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP